सामाजिक सुरक्षाभत्ता बुझ्न जानआउन वडाले यातायात खर्च दिने

सामाजिक सुरक्षाभत्ता बुझ्न जानआउन वडाले यातायात खर्च दिने

केन्द्रबिन्दु
0
Shares

हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाकाे समेत व्यवस्था गर्न थालेकाे छ ।

सुरक्षा भत्ता बुझ्न जान र आउन सहज हाेस् भनेर उनीहरूलाई यातायतको सुबिधा दिन थालेकाे हाे । यहाँबाट बैंकसम्म जान एक दिन लाग्ने भएकाले वडा कार्यालयले नै यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, 'प्रत्येक पटक सामाजिक सुरक्षाभत्ता बुझ्न  जाने नागरिकका लागि यो सुबिधा दिइनेछ ।' वडाध्यक्ष शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरिएको हो । बैंकले त्रैमासिक रुपमा भत्ता   प्रदान गर्दै आएका छन् । 

 

Logo