बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका कराँतेका दुई प्रशिक्षक जेल चलान

बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका कराँतेका दुई प्रशिक्षक जेल चलान

केन्द्रबिन्दु
0
Shares

बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षक जेल चलान भएका छन् । 

मोरङ जिल्ला अदालतले सोमबार प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । एक जना १९ वर्षीया छात्रालाई बेहोस पारेर पटकरपटक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षकद्वय राउत र सुवेदी साउन ८ मा पक्राउ परेका थिए । 

मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले उनीहरूलाई  थुनामा पठाउने आदेश गरेको हो । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । पीडित युवती सोही कलेजमा अध्ययनरत छात्रा हुन् ।

बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको भएको थियो । मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अनुसार दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गर्दै अभियोग दायर भएको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग पनि गरिएको छ । आइतबार र सोमबारको थुनछेक बहसपछि उनीहरू जेल चलान भएका हुन् । 

 

Skip This
Skip This
Logo