कपिलवस्तुमा कुटपिटबाट वृद्धको मृत्यु

कपिलवस्तुमा कुटपिटबाट वृद्धको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा विवाद हुँदा कुटपिटबाट एक जनाको ज्यान गएको छ ।

महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनियाको कुटपिटबाट मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।

Logo