बारामा सवारी साधनसको ठक्करबाट एक जना पुरुषको मृत्यु

बारामा सवारी साधनसको ठक्करबाट एक जना पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गएराती सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेका छन् । 

कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आज बिहान पौने ५ बजे मृत्यु भएको प्रहरी चौकी पथलैयाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । 

गएराती १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको र दुर्घटना पश्चात सवारी साधन हित फरार रहेका चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

Logo