इन्ष्टाग्राममा १० हजार फलोअर्स मात्र रहेकी जेसिकाले गोउलले आफ्नो खुट्टाको फोटो पोष्ट गरेर मासिक लाखौं रुपैंया आम्दानी गर्दै आएकी छिन् । "/>

खुट्टाको फोटो राखेर ७५ लाख आम्दानी

खुट्टाको फोटो राखेर ७५ लाख आम्दानी


काठमाडौं, ९ कार्तिक । क्यानाडाकी एक मोडलले आफ्नो खुट्टाको फोटोलाई इन्ष्टाग्राममा पोष्ट गरेर बार्षिक लाखौं आम्दानी गर्दै आएकी छिन् ।

इन्ष्टाग्राममा १० हजार फलोअर्स मात्र रहेकी जेसिकाले गोउलले आफ्नो खुट्टाको फोटो पोष्ट गरेर मासिक लाखौं रुपैंया आम्दानी गर्दै आएकी छिन् । उनको आम्दानीको प्रतिशत बढ्दै गएको समेत छ ।

३२ बर्षिया मोडल जेसिकाले इन्ष्टाग्राममा मेज सर्लेट भिक्सेन नामवाट एकाउन्ट चलाउने गर्छिन् । आफुलाई खुट्टाको मोडलका रुपमा प्रस्तुत गर्न चाहने जेसिकाले विभिन्न ब्राण्डहरुलाई आफ्नो खुट्टा देखाएर प्रमोसन गर्ने गर्छिन् । यो काम उनले दिनमा अधिकतम दुई पटक फोटो पोष्ट गरेर गर्छिन् । यसरी पोष्ट गर्ने फोटोहरुमा केही कम्पनीहरुको विज्ञापन पनि हुने गरेको छ ।

पहिला खुट्टाको फोटो राख्दा केही नकारात्मक प्रतिक्रियाहरु आएपनि अहिले उनले पाएको लोकप्रियताले गर्दा राम्रा मल्टिनेसनल कम्पनीहरु पनि उनी प्रति आकर्षित हुदै गएका छन् । जसको कारण उनले गत बर्ष इन्ष्टाग्राममा खुट्टाको फोटो पोष्ट गरेर ७५ लाख ९० हजार रुपैंया आम्दानी गरेकी थिईन् । एजेन्सी

Logo