सरकारले खोप नदिएपछि काठमाडौँको खोप कार्यक्रम स्थगित

सरकारले खोप नदिएपछि काठमाडौँको खोप कार्यक्रम स्थगित


काठमाडौँ महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ। गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुन पुगेको हो। 

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारि कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए। नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोगस्वरूप उपलब्ध गराएको थियो । 

यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्ष भन्दा माथि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो। सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नु परेको छ, जनस्वास्थ्य प्रमुख कुँवरले भने। 

अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताए। कार्यक्रम अनुसार काठमाडौँ महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो। महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ।

Logo