नेपालले घरेलु टोली केन्याविरुद्ध पहिला बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । अब केन्याका खेलाडी ब्याटिङमा आउनेछन् ।
बरियतामा आफू भन्दा १६ स्थान तल रहेको केन्याविरुद्व पहिलो खेलमा सहज जित निकालेको नेपाल सोही लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिने ध्येयमा रहेको छ । केन्या भने दोस्रो खेलमा जित निकाल्दै सिरिजमा फर्किने लक्ष्यमा रहेको छ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराउँदै पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्नेछ । त्यस्तै दुई टोलीबीच चौथो टी–२० भदौ १३ मा हुँदा अन्तिम टी–२० १४ भदौमा हुने छ। टी–२० सिरिज पछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।





























प्रतिक्रिया