भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ ।
लगातार दोस्रो जित निकाल्दै भारतले सुपर चारको यात्रा तय गरेको हो । यसअघि समूह बी को अफगानिस्तानले लगातार दुई खेल जित्दै सुपर चारमा स्थान बनाइसकेको छ । गएराति भएको खेलमा भारतले हङकङविरुद्ध ४० रनको जित निकालेको थियो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले २६ बलमा अविजित ६८ रनको अर्धसतकीय पारी खेल्दा विराट कोहलीले ४४ रनमा ५९ रन बनाए । त्यस्तै केएल राहुलले ३६ र रोहित शर्माले २१ रन बनाए । हङकङका आयुश शुक्ला र मोहम्मद घाजनफरले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको हङकङका लागि बाबर हायातले ४१, किन्चित शाहले ३० तथा जीशन अलीले अभिजित २६ रनको योगदान गरे । भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, रवीन्द्र जडेजा र अभेष खानले एक–एक विकेट लिए ।































प्रतिक्रिया