नेपालले घरेलु टोली केन्याविरुद्ध दोस्रो एकदिवसीयमा मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४९. २ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो । नेपालका लागि आज कप्तान रोहित पौडेलले सर्वाधिक ७८ रनकाे अर्धशतकिय इंनिङ खेले । अन्य खेलाडीले भने आज राम्रो प्रदर्शन गर्न सकेनन् । देव खनालले ३७ रन, सोमपाल कामीले २६ रन, ज्ञानेन्द्र मल्लले २५ रन तथा बसिर अहमदले १७ रन जाेडे ।
बलिङतर्फ केन्याका कप्तान शेम न्गोचे र विरज पटेलले समान २/२ विकेट लिए ।
पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ ।





























प्रतिक्रिया