एसिया कप क्रिकेट : सुपर चारको दोस्रो खेलमा पाकिस्तानसँग भारतको हार

एसिया कप क्रिकेट : सुपर चारको दोस्रो खेलमा पाकिस्तानसँग भारतको हार

केन्द्रबिन्दु
0
Shares

जारी एसिया कप अन्तरगत सुपर चारमा  भएको खेलमा भारत पाकिस्तानसँग  हार व्यहोरेको छ । 

पाकिस्तानले समूह चरणमा भोगेको हारको बदला शीर्ष चारको भिडन्तमा लिएको छ । आइतबार राति दुबईमा भएको खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले सुपर चारमा राम्रो सुरुवात गर्‍यो । टस हारेर पहिलो ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रनको स्कोर बनायो । भारतका लागि विराट कोहलीले सर्वाधिक ६० रनको इनिङ खेले। त्यस्तै ओपनर केएल राहुल र रोहित शर्माले समान २८्२८ रन बनाएका थिए । पाकिस्तानका लागि सादव खानले दुुई विकेट हात पारे ।

१८२ रनको लक्ष्य पाकिस्तानले अन्तिम बल बाँकी हुँदा पुरा गरेको थियो। उसका लागि ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रन बनाउँदा मोहम्मद नवाजले २० बलमा ४२ रन बनाए । त्यस्तै आसिफ अलीले १६ रन बनाउँदा फखर जमामले १५ रन बनाएका थिए । शीर्ष चारमा श्रीलंका र पाकिस्तानले समान १(१ खेलमा जित निकालेका छन् । अफगानिस्तान र भारत अंकविहीन छन् ।

सुपर चारमा सबै टिमले एक अर्काविरुद्व प्रतिस्पर्धा गर्दै शीर्ष स्थानमा रहने दुई टिमले फाइनलमा स्थान बनाउने भएकाले भारतको फाइनल सम्भावना अझै कायमै छ ।

Logo