जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा तालाबन्दी

जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

जिल्ला खेलकुद विकास समिति जुम्ला कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन् । २१ भदौदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगिता जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला लगाएका हुन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै फुटबल खेलाडीले भनेका छन्, 'जुम्लाबाट फुलबल खेल बाहेक अरू सबै प्रतियोगितामा खेलाडी छनोट भएका छन् ।'

नवौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिता सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिको कार्यालयसँग चासो राख्दा पनि खेलाडी पठाउन पैसा कम बताइएको उनीहरूको गुनासो छ । 'जुम्लाबाट ११ जना फुटबल खेलाडी माग गरिएको थियो । छनौट प्रतियोगिता हुने होइन । खाली खेलाडी हेरेर छनोट मात्र हुने हो भनेर भ्रममा पार्ने काम भयो,' उनले भने ।

जिल्लामा खेलकुदका कार्यालय छन् । पैसा पनि आउँछ । तर लामो समयदेखि खेलकुदका कुनै पनि गतिविधि हुने गरेका छैनन् । जिल्ला खेलकुद विकास समिति जुम्ला अध्यक्ष धनकृष्ण पाण्डेका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनौटका लागि लामो समय सूचना टससहित प्रसारणसमेत गरिएको थियो ।

Avatar

Skip This
Skip This
Logo