एनआरएनएको विजयी सुरुवात

एनआरएनएको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा एनआरएनएले विजयी सुरुवात गरेको छ । बिहीबार टियु क्रिकेट मैदानमा भएको  उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्दै एनआरएनएले सुखद् सुरुवात गरेको हो । 

वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा ७५ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ६२ रनमै रोकियो । सुदूरपश्चिमका लागि ओपनर खडक बोहोराले १२ रन, राजु रिजालले ११ तथा वसन्त खत्रीले १० रन जोडे । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ७४ रन बनाएको थियो। एनआरएनएका लागि  सागर पुनले आक्रामक ब्याटिङ गर्दै  ४६ रनमा अविजित रहे । त्यस्तै, कप्तान सुनाम गौतमले २४ रन जोडे । 

Skip This
Skip This
Logo