नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साफ च्याम्पियनसिपको फाइनलका लागि सुरुवाती ११ को घोषणा गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे उपाधिको लागि नेपाल र बंगलादेशबीच भिडन्त हुँदैछ । आजको खेलमा जसले बाजी मारे पनि महिला साफ च्याम्पियनसिपले पहिलो पटक नयाँ च्याम्पियन पाउनेछ । नेपाल साफ च्याम्पियनसिपमा पाँच पटक फाइनल पुगेको टिम हो भने बंगलादेशको यो दोस्रो फाइनल हो ।
आजको खेलमा सेमिफाइनलमा भारतलाई पराजित गरेको टोलीबाट कुनै खेलाडी परिवर्तन भएको छैन । नेपालका प्रशिक्षक कुमार थापा बंगलादेशविरुद्ध घरेलु दर्शकको बाक्लो उपस्थितिमा उपाधि जित्नेमा विश्वासी छन् ।
नेपालको प्लेइङ सेट
गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा
डिफेन्डरः अमृता जैशी, पुनम जर्घा मगर, गीता राना, हिराकुमारी भुजेल
मिडफिल्डरः अनिता केसी, सरु लिम्बू, दीपा शाही, अनिता बस्नेत
स्ट्राइकरः रश्मीकुमार घिसिङ, प्रीति राई































प्रतिक्रिया