राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी सहित ९ हजार जनाको बीमा गरिदिने भएको छ ।
राखेप र राष्ट्रिय बीमा कम्पनीबीच मंगलबार सम्झौता भएसँगै नवौं खेलकुदमा सहभागी हुने खेलाडी सहित ९ हजार जनाको बीमा हुने भएको हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे । बिमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी ३ हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसिय लगायत रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जनाएका छन् ।
बीमाको अवधि १ महिना रहेको छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ ।































प्रतिक्रिया