सन्दीप लामिछाने आज नेपाल आउँदै, बिहान १० बजे आत्मसमर्पण गर्ने

सन्दीप लामिछाने आज नेपाल आउँदै, बिहान १० बजे आत्मसमर्पण गर्ने

केन्द्रबिन्दु
0
Shares

किशोरी बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने आज नेपाल आउँदैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे कतार एयरवेजमा त्रिभुवन विमानस्थल आइपुग्ने र आत्मसमर्पण गर्ने जनाएका हुन् ।

‘नेपालको अख्तियारमा आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु ।’ उनले लेखेका छन्, ‘मैले आफ्नो इच्छा अनुसार पेश गरेको बारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु । मेरो सुरक्षा र सुरक्षाको प्रत्याभूतिको लागि प्रहरी कार्यालयमा पेश गर्ने प्रक्रियामा मेरो कानुनी अधिवक्ता सरोजकृष्ण घिमिरे (अधिवक्ता)को उपस्थितिको लागि पनि मैले प्राधिकरणलाई विनम्र अनुरोध गरेको छु।’

यसअघि सन्दीपले आफूमाथि लागेको  आरोपका विरुद्ध छिट्टै कानुनी सहयोग खोज्ने र न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

‘मलाई थाहा छ म षड्यन्त्र र गलत आरोपको कठिन समयको सामना गरिरहेको छु र यसको प्रभावको असर अकल्पनीय कुरा हो। हाम्रो कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने कुनै संयन्त्र हुनुपर्छ भन्नेमा म विश्वस्त छु। ममाथि लागेको गलत आरोपकाविरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु । छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।’ उनले भनेका छन् । 

Skip This
Skip This
Logo