नवौं राट्रिय खेलकुदःकराँते आजबाट कुस्मामा सुरु हुँदै

नवौं राट्रिय खेलकुदःकराँते आजबाट कुस्मामा सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

नवौं राट्रिय खेलकुद अन्तर्गत आजबाटबाट कराँते विभिन्न १९ वटा ‘इभेन्ट’  सुरु हुँदैछन् । 

पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ । शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ । काताको सेमिफाइनल र फाइनल खेल दिउसो दुई बजेपछि राखिएको छ । असोज ३० गते बिहान आठ बजेदेखि खेलहरू हुने छन् । जसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ केजी, र पुरुष ८४ केजी भन्दा माथिको तौल समूह गरेर चार वटा खेल हुने छन् । यी समूहको सेमिफाइनल र फाइनल खेल दिउसो एक बजेपछि सुरु हुने छन् । 

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजी भन्दा माथि, पुरुष ६७ के।जी र महिला ६८ केजी भन्दा तल र पुरुष ८४ केजी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुने छन् । यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दिउसो एक बजेपछि खेलाउने तयारी छ । कात्तिक एक गते महिला ४५ केजी, पुरुष ५५ केजी, महिला ५० के।जी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुनेछन् । 

यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउसो एक बजेपछि हुने छन् । कात्तिक दुई गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुने छन् । टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल सोही दिन दिउसो एक बजेबाट सुरु हुने छन् ।

Skip This
Skip This
Logo