नवौं राष्ट्रिय खेलकुद : बागमती प्रदेश समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश

नवौं राष्ट्रिय खेलकुद : बागमती प्रदेश समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

उसले समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै उप विजेताका रूपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो । ५५ रनको लक्ष्य बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि सुमन खतिवडाले अविजित रहँदै सर्वाधिक १७ रनको योगदान दिइन् । अनिशा मझकोटीले अविजित १६ र अस्मिता खरेलले १३ रनको योगदान दिए । मधेश प्रदेशका लागि सरस्वती कुमारी चौधरी र कप्तान कविता गौतमले १–१ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५४ रन बनाएको थियो । उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मधेसलाई सस्तैमा समेट्न विपिशा शाही,सोनी पाख्रिन र खुसी डंगोलले २र२ विकेट लिँदा ४ विकेट रन आउटका रूपमा प्राप्त भयो ।

यो जितसँगै ४ खेलमा ६ अंक जोडेर बागमती दोस्रो स्थानमा रहँदा पराजित मधेस समान खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा रह्यो । योसँगै प्रतियोगिताको सेमिफाइनल  समिकरण पनि पूरा भएको छ । समूह एबाट एपिएफले समूह विजेता र  बागमतीले उपविजेता तथा समूह बी बाट नेपाल पुलिसले विजेता र लुम्बिनी प्रदेशले उपविजेताका रूपमा अन्तिम ४ मा स्थान बनाए ।

अब फानइनल प्रवेशका लागि एपिएफले लुम्बिनी तथा पुलिसले बागमतीको सामना गर्नेछन् ।

Skip This
Skip This
Logo