आर्मीकी जयरानीलाई कीर्तिमानसहित दोश्रो स्वर्ण

आर्मीकी जयरानीलाई कीर्तिमानसहित दोश्रो स्वर्ण

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत दोश्रो स्वर्ण जितेकी छन् ।

उनले सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेकी हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित स्वर्ण जितिन् । जयरानीले आइतबार ४०० मिटर हर्डल्समा कीर्तिमानसहित स्वर्ण जितेकी थिईन् ।

आर्मीकी निर्मला थापाले १६.२५ सेकेण्डमा दूरी पूरा गरेर रजत हात पारिन् । एपीएफकी भगीरथी थारुले १९.२३ सेकेण्डको समयसहित कांस्य पदक जतेकी छिन् ।

Logo