विश्वकपमा स्कटल्यान्डले हरायो वेस्ट इन्डिजलाई

विश्वकपमा स्कटल्यान्डले हरायो वेस्ट इन्डिजलाई

केन्द्रबिन्दु
0
Shares

एसोसियट टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकपमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा  दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई ४२ रनले पराजित गर्दै स्कटल्यान्डले सुखद् सुरुवात गरेको हो ।  

जितको लागि १६१ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज १८.३ ओभरमा १ सय १८ रनमा बनाउँदै अल आउट भयो । वेस्टइन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ३८ रन बनाउनुबाहेक अन्य खेलाडीको ब्याटिङ सम्झनलायक बनेन । ओपनर माइकल जोन्स २० रन, ब्रेन्डन किंग १७ रन तथा इभिन लुइस १४ रनमा आउट भए । 

बलिङतर्फ स्कटल्यान्डका स्पिनर मार्क वाट्टले ३ विकेट लिए । साथै  ब्राड ह्वाइल र मार्क लिस्कको नाममा २/२ विकेट रह्यो । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थिया । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले अर्धशतक पारी खेले । उनी ५३ बलमा ९ चौकासहित सर्वाधिक ६६ रनमा अविजित रहे । 

त्यस्तै, कालुम म्याकलिओडले २३ रन,  माइकल जोन्सले २० रन तथा कप्तान रिची बेरिंगटनले १६ रन जोडे । 

बलिङतर्फ वेस्टइन्डिजका अल्जारी जोशेफ र जेसन होल्डरले २/२ विकेट लिए भने ओडेन स्मिथले एक विकेट लिए । 

यो जितसँगै सुपर १२ मा पुग्न स्कटल्यान्डले महत्वपूर्ण दुई अंक जोडेको छ । अब स्कटल्यान्डले आयरल्यान्ड र जिम्बावेसँग खेल्नेछ । तर, २०१२ र २०१६ मा टि२० विश्वकप च्याम्पियन बनेको वेस्टइन्डिजले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब वेस्टइन्डिजलाई सुपर १२ मा पुग्न बाँकी दुवै खेल जित्नु पर्नेछ ।

Skip This
Skip This
Logo