१७२ स्वर्णसहित आर्मी टिम च्याम्पियन

१७२ स्वर्णसहित आर्मी टिम च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ । एक सातासम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा आर्मी १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य गरि कुल ३ सय ७१ पदकका साथ टिम च्याम्पियन बनेको हो ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हाबी बन्दै आएका छन् । आर्मी यो लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सातौं र आठौं संस्करणमा पनि आर्मी टिम च्याम्पियन बनेको थियो । 

दोस्रो स्थान विभागीय टोली एपिएफले ६४ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१८ पदक हात पारेको छ। तेस्रो स्थानमा पनि विभागीय टोलीले नै रह्याे । नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी कुल १९४ पदक जित्यो।

प्रदेशतर्फ अगाडि रहेको गण्डकी प्रदेश १ सय २० पदकका साथ पदकतालिकाको चौथो स्थानमा रहेको छ । गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य पदक जितेको छ । 

पदक तालिकाको पाँचौ स्थानमा रहेको बागमतीले कुल १ सय ४५ पदक जित्यो । जसमा २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक छ । प्रदेश एक छैटौं स्थानमा रहँदै १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक जित्न सफल भयो भने १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्दै सुदूरपश्चिम सातौं स्थानमा रह्यो । 

त्यस्तै, एनआरएनएले १० स्वर्ण ९ रजत र ७ कांस्यसहित २६ स्वर्ण जितेर आठौं भयो । लुम्बिनी प्रदेशले ६ स्वर्ण २२ रजत र ४० कास्यसहित ६८ पदक जितेर नवौं भयो भने मधेश प्रदेश ५ स्वर्ण ८ रजत र २६ कांस्यसहित ३९ पदक जितेर दशौं भयो । अन्तिम स्थानमा रहेको र दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कांस्यसहित १८ पदक  मात्र जित्यो ।

Skip This
Skip This
Logo