चेल्सी अन्तिम १६ मा

चेल्सी अन्तिम १६ मा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २–१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलको २३औं मिनेटमा माटियो कोभासिचले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ४८औं मिनेटमा अडामुले गरेको गोलमा साल्जबर्ग खेलमा फर्किएको थियो । यस्तै ६४औं मिनेटमा काई हाभार्टजले गरेको गोलमा चेल्सीले पुनः अग्रता लिएको थियो । जुन गोल चेल्सीलाई समूह चरण भन्दा माथि उठ्नका लागि पर्याप्त बन्यो ।

पाँच खेलमा १० अंक जोडेको चेल्सी समूह इ को शीर्ष स्थानमा छ भने दोस्रो स्थानको एसी मिलानको समान खेलमा सात अंक छ । यस्तै तेस्रो स्थानको साल्जबर्गको ६ र चौथो स्थानको डिनामो जागरेभको चार अंक रहेको छ ।

समूह इ कै अर्को खेलमा मिलानले नकआउट चरण प्रवेशको सम्भावना जीवित राख्ने क्रममा जागरेभमाथि ४९० को जित निकाल्यो ।

Logo