इंग्लिस प्रिमियर लिगका महारथी चेल्सी र लिभरपुल स्तब्ध

इंग्लिस प्रिमियर लिगका महारथी चेल्सी र लिभरपुल स्तब्ध

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब द्वय चेल्सी र लिभरपुल स्तब्ध बनेका छन् । 

एनफिल्डमा भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडसँग २–१ अन्तरले पराजित भयो । लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे । १४औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए । तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २–१ को अप्रत्यासित जित निकाले । जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । लगातार खराव लयमा जारी राखेको लिभरपुल १६ अंक जोडेर १६औं स्थानमा छ । यता, अर्को खेलमा चेल्सी ब्राइटनसँग ४–१ अन्तरले स्तब्ध भयो । घरेलु मैदानमा ब्राइटन बलियो चेल्सीविरुद्ध पूरा समय हाबी भएको थियो । 

खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । १४औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्सले आत्मघाती गोल गरे । ४२औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल  गर्दा पहिलो हाफमै ब्राइटन ३–० ले अघि रह्यो । ४८औं मिनेटमा काइ हार्भट्जले गोल गर्दा चेल्सीले अग्रता ३–१ को स्थितिमा झारे । तर, इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को प्रभावशाली जित दिलाए ।

हारसँगै चेल्सी १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा छ । ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगमा शनिबारको नतिजा

लेस्टरविरुद्ध म्यानचेस्टर सिटी, ०-१

एएफसी बोर्नमाउथविरुद्ध टोटेनहम २-३

ब्रेन्टफोर्डविरुद्ध उल्भरह्याम्टन वान्र्डरर्स, १-१

ब्राइटन एन्ड होभ अल्बियोनविरुद्ध चेल्सी, ४-१

क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्टन, १-०

न्यूक्यासलविरुद्ध एस्टनभिल्ला, ४-०

Logo