एट्लेटिको मड्रिडको जितमा स्वारेजको गोल

एट्लेटिको मड्रिडको जितमा स्वारेजको गोल

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले विजयी भएकाे छ । एट्लेटिकोले घरेलु टोली आइबरलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको १२ औं मिनेटमै इबरका मार्को डिमिट्रोबिचले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। तर ४० औं मिनेटमा एट्लेटिको मड्रिडका लागि लुइस स्वारेजले गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो हाफ खेलको ८९ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै स्वारेजले गोल गर्दै  जित सुनिस्चित गरेकाे हाे ।

जितसँगै १७ खेलबाट ४४ अंक जोडेको एट्लेटिकोले शीर्षस्थानका लागि ७ अंकको अग्रता बनाएको छ।

Logo