जिम्बावेमाथि बंगलादेशको जित

जिम्बावेमाथि बंगलादेशको जित

केन्द्रबिन्दु
0
Shares

बंगलादेशले आइसिसी टि२० विश्वकपमा जिम्बावेमाथि रोमान्चक जित हात पारेको छ । आइतबार भएको बंगलादेश ३ रनले विजयी भएको हो । 

जितको लागि १५१ रनको लक्ष्य पछ्याएको जिम्बावे २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रनमै समेटिएको हो । जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रनको अर्धशतकीय इनीङ्स खेले । त्यस्तै, रायन ब्रुलले अविजित २७ तथा रेगिस चाकबभाले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्  । 

बंगलादेशका तस्किन अहमदले ३ विकेट लिए । त्यस्तै, मुश्ताफिजुर रहमान र मासाद्देक हसनले समान २/२ विकेट लिए ।  

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो। बंगलादेशका लागि ओपनर नाज्मुल हसन शान्टोले सर्वाधिक ७१ रनको योगदान दिए । त्यस्तै, आफिफ होसेनले २९ रन जोड्दा कप्तान शकिब अल हसनले २३ रन जोडे ।

जिम्बावेका ब्लेसिङ मुर्जाबानी र रिचर्ड न्गरावले  समान २/२ विकेट लिए भने सिकन्दर राजा र सेन विलियम्सले एक एक विकेट लिए ।

जितसँगै बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ । बंगलादेश समूह २ को दोस्रो स्थानमा उक्लिएको छ ।  अब उसले भारत र पाकिस्तानसँग खेल्न बाँकी छ। जिम्बावेले ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo