नयाँ दिल्ली ।
भारतीय क्रिकेटर एवं टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन्यास लिने घोषणा गरेका हुन् ।
टेस्ट क्रिकेटबाट उनले यसअघि नै सन्यास लिने घोषणा गरिसकेका थिए । उनको पछिल्लो घोषणा अनुसार अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन ।
तर उनले आईपीएल भने खेल्नेछन् । उनको यस प्रकारको घोषणाले उनका लाखौं फ्यानहरु चिन्तित बनेका छन् ।





























प्रतिक्रिया