नेपालले महिला साफ यु-१५ च्याम्पियनसिपकाे उपाधि हात पारेकाे छ ।
नेपालले आज सम्पन्न अन्तिम खेलमा घरेलु टाेली बंगलादेशसँग १-१ काे बराबरी खेल्दै पहिलाे पटक उपाधि जितेकाे हाे । ढाकास्थित वीर श्रेष्ठ सहित सिपाही मुस्ताफा कमल स्टेडियममा १४ औं मिनेटमा सुशिला केसीकाे गाेलमार्फत नेपालले सुरूवाती अग्रता लिएकाे थियाे । ५४ औं मिनेटमा रूमा अख्तरले घरेलु टाेलीलाई १-१ काे बराबरीमा ल्याइन ।
९० औं मिनेटमा बंगलदेशले पेनाल्टीकाे अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयाेग गर्न नसक्दा अग्रता लिन सकेन। बिबी रिताको पेनाल्टी प्रहारलाई गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गर्दै नेपालकाे हार टारिन् । याे बराबरीसँगै अपराजित नेपालले चार खेलमा १०अंक जोडेर शीर्ष स्थानमा रहदै उपाधि उचालेको हो । बंगलादेश समान खेलबाट ७ अंकका साथ उपविजेता बन्यो । भुटान विना अंक पुछारमा रह्याे ।
बंगलादेश,नेपाल र भुटान सहभागी प्रतियाेगिता डबल राउन्ड राेबिनका आधारमा खेलाईएकाे थियाे ।































प्रतिक्रिया