पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टि२० विश्वकप च्याम्पियन

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टि२० विश्वकप च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

इंग्ल्यान्डले  आइसिसी टि२० विश्वकप २०२२ को उपाधि जितेको छ । आइतबार मेलबर्नमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्ड विश्वकप च्याम्पियन बनेको हो । 

पाकिस्तानले जितका लागि दिएको १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डका लागि बेन स्टोकले अर्धशतक पारी खेले । उनी सर्वाधिक ५२ रन जोड्दै अविजित रहे । त्यस्तै, जोश बटलरले २७ रन तथा ह्यारी ब्रुकदे २० रन जोडे । मोइन अलील १९ रनमा आउट भए । 

May be an image of 11 people and outdoorsबलिङतर्फ पाकिस्तानका हरिस रौफले २ तथा शाहिन शाह अफ्रिदी र  शादब खानले एकएक विकेट लिए ।  

May be an image of 2 people, people playing sports and textत्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले  सर्वाधिक ३८ रन जोडे । तर, ओपनरद्वय कप्तान बाबर अजाम र मोहम्मद रिजवान चल्न सकेनन् । बाबले ३२ रना जोड्दा रिजवान १५ रनमै आउट भए । साथै शादब खानले २० रन जोडे ।

बलिङतर्फ इंग्ल्यान्डका साम करनले ३ विकेट लिए । साथै स्पिनर आदिल राशिद र क्रिस जोर्डनले समान २/२ विकेट तथा बेन स्टोक्सले १ विकेट लिए ।  

May be an image of 2 people, people playing sports and text

इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँग भेट पक्का गरेको थियो । इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि इंग्ल्यान्डले २०१० को फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।

Skip This
Skip This
Logo