महिला फुटबलमा वालिङ र विराटनगरले अंक बाडे

महिला फुटबलमा वालिङ र विराटनगरले अंक बाडे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । महिला राष्ट्रिय लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा वालिङ र विराटनगरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको दोस्रो मिनेटमै वालिङले अग्रता लिएको थियो । सम्झना शर्माकाे गोलमा वालिङले अग्रता लिएकाे थियो । तर, दोस्रो हाफकाे ६३ औं मिनेटमा आशा कुमारीले गोल गर्दै खेल १-१बराबरीमा गरिन् ।

Logo