ट्युनेसियामाथि अस्ट्रेलियाको जित

ट्युनेसियामाथि अस्ट्रेलियाको जित

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियाले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित हात पारेको छ । शनिबार भएको खेलमा अस्ट्रेलियाले ट्युनेसियामाथि १-० को जित दर्ता गरेको हो । 

अस्ट्रेलियाको जितमा मिचेल डुकीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको २३औं मिनेटमा गोल गरेका थिए । 

जितसँगै समूह 'डी'काे अस्ट्रेलियाले नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ । पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई हराएको थियो । तर, ट्युनेसियाले भने पहिलो खेलमा पनि डेनमार्कसँग बराबरी खेलेको थियो।

Logo