जित्ला त जर्मनीले स्पेनलाई ?

जित्ला त जर्मनीले स्पेनलाई ?


कतारमा जारी फिफा विश्वकपमा आज जर्मनी र स्पेन आपसमा भिड्दै छन् । आज मध्य राती हुने खेलको नजिता सम्पूर्ण फुटबल प्रेमीहरुलाई व्यग्र प्रतिक्षाको विषय हुनेछ । 

ब्राजिलपछि चारपटक विश्वकप जितेको टोली हो जर्मनी । जारी प्रतियोगितामा जर्मनी पहिलो खेलमै जापानसँग २–१ गोलले हार व्यहाेरी  सकेको छ । सोही कारण आजको खेलमा जर्मनी स्पेनलाई हराउन चाहन्छ । यदी यस्तो गर्न सफल भएमा जर्मनीले जारी प्रतियोगितामा राउण्ड अफ १६ सम्म जान सक्ने सम्भावना जिवित राख्नेछ । 

पछिल्लो प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको जर्मनी चार वर्ष बित्न नपाउँदै पुनः सोही अवस्थामा उभिएको छ । 

हरेक विश्वकपमा बलियो उपाधि दावेदार प्रस्तुत गर्ने जर्मनीले सन् २०१४ मा विश्वकप नै जितेको थियो । तर त्यसपछिका २ संस्करणमा उसको यात्रा निकै कमजोर थियो । जारी प्रतियोगितामा ब्राजिलपछि सबैभन्दा सफल टोली हो जर्मनी। जर्मनीले सन् १९५४, ७४, ९० र २०१४ गरी चार पटक विश्व विजेताको उपाधि जितिसकेको छ । 

जर्मनीले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । चार दशकमा जर्मनीले २ फाइनल खेल खेलिसकेको छ । यस्तै, उसले २ पटक अन्तिम चारसम्मको यात्रा पनि तय गरिसकेको छ । 

जर्मन फुटबलको विशेषता के रहेको छ भने त्यहाँका राष्ट्रिय खेलाडीहरु प्राय घरेलु लिगमै खेलिरहेका हुन्छन् । त्यस मध्येकै एक खेलाडी हुन्, म्यानुअल नुयर। पहिलाे राेजाईका गाेलरक्षक उनी सन् २०१० को विश्वकपदेखि लगातार राष्ट्रिय टोलीमा परिरहेका छन् । उनले जारी प्रतियोगिता सहित ५ पटक विश्वकप खेलिसकेका छन् ।

Logo