सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो । सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे । इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए ।
यस जितसँगै सेनेगल समूह ए को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ । सेनेगलले ३ खेलमा ६ अंक जोडेको छ । इक्वेडर समूह चरणबाट बाहिरिएको छ ।





























प्रतिक्रिया