यु–१८ एशियाली रग्बीः पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी

यु–१८ एशियाली रग्बीः पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी

केन्द्रबिन्दु
0
Shares

पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यु–१८ एशियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित ग-यो । त्यसअघि आईतवार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । एशिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेश्रो भयो । 

मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्याण्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौं स्थानमा रह्यो । सातौं स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता ग-यो । महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौति २६–५ ले समाप्त पा-यो । मलेसियाले थाइल्याण्डलाई १९–७ ले हराउँदै तेश्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए । 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एशिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।

Skip This
Skip This
Logo