इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनविरुद्ध म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी एभर्टनसँग १–१ गोलको बराबरी रोकिएको हो । खेलको २४ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६४ औं मिनेटमा डिमराइ ग्रेले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि पनि सिटीले खेलमा दबाब बढाएपनि गोल गर्न सकेन । बराबरीसँगै १६ खेलमा ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा रहेको छ । एभर्टन १७ खेलमा १५ अंकसहित १६ औं स्थानमा रहेको छ ।
यस्तै, अन्य खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्स्लाई १–० गोलले हराएको छ । युनाइटेडको जितमा मार्कुस रासफोर्डले निर्णायक गोल गरे । फुलह्यामले साउथह्याम्पटनलाई २–१ गोलले तथा क्रिस्टल प्यालेसले बर्नमाउथलाई २–० गोलले हराएको छ । न्युक्यासल र लिड्स युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।





























प्रतिक्रिया