नेपाल टी–ट्वान्टीः जनकपुर रोयल्स र काठमाडौं नाईट्स भिड्दै

नेपाल टी–ट्वान्टीः जनकपुर रोयल्स र काठमाडौं नाईट्स भिड्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आईतबार पनि दुई खेलहरु हुँदैछन् ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । आईतबारको पहिलो तथा प्रतियोगिताको सत्रौं खेलमा जनकपुर रोयल्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । पाँच खेलमा चार जित निकालेको जनकपुर आजको खेल सहज रुपले जितेर र्शीष स्थानमा उक्लिन चाहान्छ । जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । चार खेल खेलेर समान २–२ जित तथा हार हात पारेर ४ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। यही संस्करणको पहिलो भेटमा काठमाडौंले जनकपुरलाई ५३ रनले हराएको थियो ।

आज नै हुने दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। छ खेल खेलेर पाँच जित हात पारेको लुम्बिनी छैठौं जितको खोजीमा रहेको छ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ५ खेलमा ४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा लुम्बिनीले विराटनगरलाई ३ रनले पराजित गरेको थियो । प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।

Logo