नेपाल टी–२० लिगः काठमाडौंसँग जनकपुर दोस्रो पटक पराजित

नेपाल टी–२० लिगः काठमाडौंसँग जनकपुर दोस्रो पटक पराजित

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी नेपाल टी–२० लिगमा आज भएको पहिलो खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ ।

रायन बर्ल र सुनाम गौतमको ८४ रनको साझेदारी पश्चात काठमाडौंले जनकपुरलाई ९० रनले पराजित गरेको हो । टियु मैदानमा भएको खेलमा काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९।१ ओभरमा अलआउट भएर ९० रन मात्र बनायो । जनकपुरका लागि ओपनर अरफुदिन असरफ, सोमपाल कामी तथा खडक बोहोरा बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् । असरफले ३३ तथा सोमपालले २१ रन बनाए । बोहोरा १० रनमा आउट भए ।

काठमाडौंका लागि अभिनास बोहोराले ४ तथा अजमतुल्लाह उमरजाईले २ विकेट लिए ।कमलसिंह ऐरी,अनिल खरेल र बसिर अहमदले समान १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।काठमाडौंका लागि सुनाम गौतमले ४७ बलमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेल्दा एलेक्स ब्लेक २० रनमा आउट भए । अजमतुल्लाह उमजाईले १० रन बनाउँदा लोकेश बम ७ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल भने यस लिगमा तेस्रो पटक डगआउट भए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले समान १र१ विकेट लिए । पाँच खेल खेलेर समान ३ जित तथा २ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। हारका बाबजुत छ खेलमा चार जित  निकालेको जनकपुर ६ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ । यही संस्करणको पहिलो भेटमा पनि काठमाडौंले जनकपुरलाई हराएको थियो ।

आज नै हुने दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।

Logo