इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी रोकिएको हो । खेलको १६ औं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा सेर्जी औरिएरले गोल गर्दै फरेस्टलाई १(१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अङ्क जोडेको छ । चेल्सी आठौँ स्थानमा रहेको छ । यस्तै, १४ अङ्क जोडेको नटिङ्घम फरेस्ट १८औँ स्थानमा छ ।































प्रतिक्रिया