उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता आजदेखि

उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता आजदेखि

केन्द्रबिन्दु
0
Shares

उमा खुला राष्ट्रियय कराते च्यामपियनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुँदैछ ।

नेपाल गोजुकाई कराँते डो संघले उक्त च्यामपियनसिपको आयोजना गर्न लागेको हो । वर्ल्ड युनाइटेड मार्सल आर्टस् (उमा)बाट मान्यता प्राप्त गोजुकाई कराँतेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार आज र भोलि दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए । स्मार्ट पार्टी प्यालेस चाबहिलको हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने संघले जनाएको छ ।

प्रतियोगितामा महिला र पुरुषतर्फ ८–८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए ।

Skip This
Skip This
Logo