क्रिस्टल प्यालेसमाथि टोटनह्यामको सानदार जित

क्रिस्टल प्यालेसमाथि टोटनह्यामको सानदार जित


इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हटस्परले सानदार जित निकालेको छ ।

टोटनह्यामले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ४–० को फराकिलो जित हात पारेको हो । टोटेनहमको जितमा केनले दुई तथा माट दोहर्थी र ह्युङ मिन सनले समान एक गोल गरे । सेलह्रष्ट पार्क लन्डनमा बुधबार राति भएको एकपक्षीय खेलमा सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु मैदानमा क्रिस्टल प्यालेसले टोटेनहमलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

४८औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाए । उनले इभान पेरिसिचको पासमा गोल गर्न सफल भए । ५३औं मिनेटमा ब्रायन गिलको पासमा केनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्न सफल भए । ६८औं मिनेटमा माट दोहर्थीले गोल गर्दै टोटेनहमलाई सहज जिततर्फ अघि बढाए । त्यसपछि ७२औं मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई ४–० को फराकिलो जित दिलाए ।

यस जितसँगै टोटेनहम १८ खेलबाट ३३ अंक जोडेर पाँचौं स्थानमा यथावत् रहेको छ । टोटेनहमले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दुरी २ मा छोट्याएको छ । एक खेल कम खेलेको युनाइटेडको ३५ अंक छ । पराजित क्रिस्टल प्यालेस १७ खेलबाट २२ अंक जोडेर १२औं स्थानमा यथावत् छ ।

 

Logo