एफए कप अन्तर्गत शुक्रबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जित निकालेको छ।
मार्क रासफोर्डले लगातार पाँचौ खेलमा गोल गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–१ को जित हात पारेको हो। युनाइटेडको जितमा एन्टोनी र रासफोर्डले गोल गर्दा एक गोल उपहार पाएको थियो। एभर्टनका लागि कोनर कोडीले १ गोल फर्काए। खेलको चौथौं मिनेटमा नै एन्टोनीले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाएका थिए। तर कोनर कोडीले १४ औं मिनेटमा गोल गरदै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफसम्म १–१ गोलको बराबरी रहेको खेलमा दोस्रो हाफको सुरुवातमा कोडीलेनै आत्मघाती गोल गरेपछि युनाइटेडले पुनः खेलमा अग्रता लियो । त्यसपछि इन्जुरी समयमा रासफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडको जीत पक्का गरे। यो सँगै रासफोर्डले आफ्नो करियरमा लगातार पाँच खेलमा गोल गरेको यो पहिलो अवसर हो। पराजयसँगै एभर्टनका म्यानेजर फ्रांक लाम्पार्डमाथि थप दबाब बढेको छ।





























प्रतिक्रिया