स्पेनिस ला लिगामा साविकको विजेता रियल मड्रिड भिल्लारियलसँग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिड २–१ ले पराजित भएको हो । जेरार्ड मोरेनोले विजयी गोल गरेपछि रियलले सिजनको दोस्रो हार बेहोरेको हो । यससँगै रियल मड्रिडले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । शीर्ष स्थानको बार्सिलोनाको १५ खेलमा ३८ अंक छ । एक खेल बढी खेल्दै दोस्रो स्थानमा बसेको रियलको ३८ अंक छ । भिल्लारियल १६ खेलमा २७ अंकसहित पाँचौ स्थानमा छ ।
खेलको ४७औं मिनेटमा यर्मे पिनोले गोल गरेपछि भिल्लारियलले अग्रता लिएको थियो । ६०औं मिनेटमा करिम बेन्जेमाको पेनाल्टी गोलमा रियल खेलमा फर्कियो । त्यसको तीन मिनेटपछि नै मोरेनोको विजयी गोल गरेका थिए । आइतबार हुने खेलमा बार्सिलोनाले एट्लेटिकोलाई हराएमा रियाल तीन अंकले पछि पर्नेछ ।





























प्रतिक्रिया