एफ ए कप फुटबलमा चेल्सीमाथि शानदार जित निकाल्दै म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा चेल्सीलाई ४–० गोल अन्तरले हराउँदै सिटीले चौंथो चरणको यात्रा तय गरेको हो । सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । जुलियन अल्भारेज र फिल फोडेनले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा अल्भारेजले पेनाल्टीबाट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
खेलको ३८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । दोस्रो हाफमा चेल्सीले सुधारिएको प्रदर्शन गरेको थियो । तर ८५ औं मिनेटमा चेल्सीका खेलाडीले गल्ती गर्दा पाएको पेनाल्टीमा मेहरेजले व्यक्तिगत दोस्रो गोल गर्दा टिमलाई ४–० को जित दर्ता दिलाए ।





























प्रतिक्रिया