टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली ओमान जाँदै

टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली ओमान जाँदै

केन्द्रबिन्दु
0
Shares

विश्व भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आइतबार ओमानको मस्कट प्रस्थान गर्दैछ ।

जनवरी १५ देखि २१ सम्म सञ्चालन हुने च्याम्पियनसिपमा सञ्जय अर्याल, प्रकाशबहादुर धाख्वा, रक्त मानन्धर, राजेन्द्र दुलाल र निम जोशीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा अनिता महर्जन रहेकी छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Logo