प्रदेश १ लाई पाखा लगाउँदै सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कपको उपाधि

प्रदेश १ लाई पाखा लगाउँदै सुदूरपश्चिमले जित्यो प्रधानमन्त्री कपको उपाधि

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशले इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा घरेलु टोली प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलोपटक च्याम्यिन बनेको हो ।  

जितको लागि १०२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । सुदूरका लागि सम्झना खड्का सर्वाधिक २७ रन जोड्दै अविजित रहिन् । साथै डोली भट्टले २२ रन बनाइन् भने कविता जोशी १९ रनमा अविजित रहिन् । 

बलिङतर्फ प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । प्रदेश १ को लागि ओपनर काजल श्रेष्ठ सर्वाधिक ४८ रनमा अविजित रहिन् । साथै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन् ।

बलिङतर्फ सुदूरको लागि मनिषा चौधरीले २ विकेट लिइन् भने ऋतु कनोजियाले एक विकेट लिइन् । 

प्रतियोगिताको विजेता सुदूरले ५ लाख र उपविजेता टोली प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेकाे छ । प्रतियोगितामा ७ वटा प्रदेश र एक विभागीय गरी ८ टोली सहभागी थिए । 

Skip This
Skip This
Logo