काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
बुधबार राति भएको पहिलो लेगमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले पराजित गरेको हो । युनाईटेडलाई जिताउन मार्कस रासफोर्ड, वाउट वेगहस्ट र ब्रुनो फर्नान्डेजले एक-एक गोल गरेका थिए । छैटौं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । सुरुदेखि नटिङमाथि हावी देखिएको युनाइेटडले ४५ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । उसका लागि वेगहस्टले गोल गरेका थिए ।
पहिलो हाफमा २ गोल गरेको युनाइटेडले दोस्रो हाफको अन्त्यतिर १ गोल थप गरेको थियो । युनाइटेडका लागि ८९ औं मिनेटमा फर्नान्डेजले गोल गरेपछि युनाइटेड ३–० को सहज जितका लागि पहिलो लेगमा सानदार नतिजा आत्मसाथ गर्न सफल भयो । दुई टोलीबीचको दोस्रो लेग आगामी बुधबार राति हुनेछ ।































प्रतिक्रिया