म्यानचेस्टर युनाइटेड कारबाओ कपको फाइनलमा प्रवेश

म्यानचेस्टर युनाइटेड कारबाओ कपको फाइनलमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाइटेड कारबाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा नटिङहम फरेस्टलाई सेमिफाइनलको दोस्रो लेगमा २–० ले तथा समग्रमा ५–० ले पराजित गर्दै युनाइटेड फाइनलमा पुग्न सफल भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । घरेलु टोलीको जितमा एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । खेलको ७३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा फ्रेडले रासफर्डकै पासमा गोल गर्दै युनाइटेडको जित पक्का गराए ।

युनाइटेडले उपाधिका लागि अर्को प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । न्यूक्यासलले मंगलबार राति साउथह्याम्टनलाई २–१ ले समग्रमा ३–१ ले पराजित गर्दै ४७ वर्षपछि फाइनलमा स्थन बनाइसकेको छ ।  फाइनल खेल २६ फेब्रुअरीमा हुनेछ ।

Skip This
Skip This
Logo