आईसीसी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र स्कटल्याण्ड भिड्दै

आईसीसी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र स्कटल्याण्ड भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टाली नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ ।

खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । स्कटल्याण्डसँग पहिलो पटक घरेलु मैदानमा खेल्दै गरेको नेपाल जित निकाल्न चाहान्छ । नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ । यता स्कटल्यान्ड तीन खेल अगाडीनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ । स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

Skip This
Skip This
Logo