दीपेन्द्र र कुशल चम्किँदा च्याम्पियन स्कटल्याण्डमाथि नेपालको सानदार जित

दीपेन्द्र र कुशल चम्किँदा च्याम्पियन स्कटल्याण्डमाथि नेपालको सानदार जित

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्याण्डमाथि सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा लिग च्याम्पियन स्कटल्याण्डमाथि नेपालले ३ विकेटको जित दर्ता गरेको हो । 

स्कटल्याण्डले जितका लागि दिएको २७५ रनको बलियो लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । खराव सुरुवात गरेको नेपालका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट पूनरागमन प्रदर्शन गरेका हुन् । 

May be an image of 4 people, people standing, people playing sports and textअलराउन्डर ऐरीले रनको अर्धशतकिय इनिङ्स खेले । उनी ११६ बलमा ८५ रनमा अविजित रहे ।  साथै मल्लले ६७ बलमा ४ छक्कासहित ८१ रन जोडे । गुल्सान झाले १७ रन तथा ओपनर कुशल भुर्तेलले १६ रन बनाए । सोमपाल कामी २४ रनमा अविजित रहे । 

No photo description available.बलिङतर्फ स्कटल्यान्डका स्पिनर मार्क वाट र क्रिस सोलले समान ३/३ विकेट लिए । मिचेल लिस्कको नाममा एक विकेट रह्यो । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । खराव सुरुवात गरेको स्कटल्यान्डका लागि पनि सातौँ नंबरमा आएका अलराउन्डर लिस्कले शतकमा उत्कृष्ट पूनरागमन गराएका थिए । उनी ८५ बलमा ९ छक्काको मदतमा १०७ रनमा अविजित रहे । 

May be an image of 2 people, people standing, people playing sports, grass and text that says '1 CAN'साथै ज्याक जर्भिसले २६ रन,  क्रिसटोफेर म्याकबड्री र ब्राण्डन एमसीमुल्लनले समान २२/२२ रन जोडे भने मार्क वाटले २० रन, ओपनर कप्तान रिची बेरिंग्टन र टम म्याककिन्टसले १९/१९ रन जोडे । 

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कुशल मल्लले २ विकेट तथा सोम्पाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए । 

May be an image of 4 people, people playing sports, people standing and textयोसँगै नेपालले घरेलु मैदानमा लगातार दोस्रो जित निकालेको छ । नेपालले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । यता ४८ अंकका साथ शीर्ष स्थानमा रहेको स्कटल्यान्ड च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझै छनोट भएको छ ।

Skip This
Skip This
Logo