सन्दीप लामिछानेलाई यूएई भ्रमणमा लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

सन्दीप लामिछानेलाई यूएई भ्रमणमा लैजान आग्रह गर्दै क्यानले राखेपलाई पठायो पत्र

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई आइसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत यूएई भ्रमणमा समावेश गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा पत्र पठाएको छ । 

६ महिनापछि घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय सिरिजमा उत्कृष्ट कमव्याक गरेका सन्दीपलाई विदेश भ्रमणमा लैजान पहल गरिदिन क्यानले सो आग्रहसहित पत्राचार गरेको हो । अब राखेपले अदालतसँग आग्रह गरेमा सम्भव हुनसक्ने क्यानका एक पदाधिकारीले जानकारी दिए । 

किशोरी बलात्कारको आरोपमा थुनामा पुगेर धरौटीमा छुटेका सन्दीपलाई उच्च अदालत पाटनले विभिन्न शर्तसहित धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसमा उनलाई विदेश भ्रमणमा रोक लगााइएको छ । तर, सन्दीपले अदालतको उक्त फैसलामाथि सर्वोच्चमा औपचारिक पुनरावेदन गर्दैछन् । क्रिकेट समर्थकहरूले पनि सन्दीपलाई यूएई भ्रमणमा समावेश गर्न माग गरिरहेका छन् ।

मंगलबार घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललले ‘क्लीन स्विप’ गरेको थियो । जसमा बलिङतर्फ सन्दीप नायक बनेका थिए । चारवटै खेलमा नेपालका तर्फबाट उनले एकनाशले उत्कृष्ट प्रदर्शन गरे । उनले सुरुका तीनमा खेलमा ३/३ विकेट लिए भने अन्तिम खेलमा महत्वपूर्ण ४ विकेट लिएका थिए । 

Logo