सन्दीप लामिछानेलाई अदालतले दिएन विदेश जाने अनुमति

सन्दीप लामिछानेलाई अदालतले दिएन विदेश जाने अनुमति

केन्द्रबिन्दु
0
Shares

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक ओडिआई सिरिजको युएई भ्रमण गुमाउने भएका छन् । 

आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको रिटमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कुनै आदेश नदिएको हो । तर, सन्दीपको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न आदेश जारी भएकाे छ।

युएई र पपुवा न्युगिनीविरूद्धको ओडिआई सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ। नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनी, मार्च २ मा युएई, मार्च ३ मा पपुवा न्युगिनी र मार्च ६ मा युएईसँग खेल्नेछ । त्यसपछि  नेपालले पपुवा न्युगिनी र युएईसँग घरेलु मैदानमा खेल्नेछ । 

६ महिनापछि घरेलु मैदानमा सम्पन्न स्कटल्याण्ड र नामिविया सम्मिलित त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले उत्कृष्ट कमव्याक गरेका थिए । सिरिजमा नेपालले ‘क्लीन स्विप’ गरेको थियो । जसमा बलिङतर्फ सन्दीप नायक बनेका थिए । चारवटै खेलमा नेपालका तर्फबाट उनले एकनाशले उत्कृष्ट प्रदर्शन गरे । उनले सुरुका तीनमा खेलमा ३/३ विकेट लिए भने अन्तिम खेलमा महत्वपूर्ण ४ विकेट लिएका थिए । 

Skip This
Skip This
Logo