नेपालले युएईविरुद्ध टस जित्यो, सन्दीप पनि टोलीमा

नेपालले युएईविरुद्ध टस जित्यो, सन्दीप पनि टोलीमा

केन्द्रबिन्दु
0
Shares

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । योसँगै नेपालले पहिलो पटक लगातार छैठौँ पटक खेलमा टस जितेको छ । अब युएई ब्याटिङमा उत्रने भएको छ । 

आजको खेल दुवैको ३० औं खेल हो । आज नेपालले युएईलाई पराजित गरेमा तालिकामा १ स्थान माथि उक्लने छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा युएई पाँचौं र नेपाल छैटौं स्थानमा रहेको छ । युएईविरुद्धको खेल अघि १ अंकले पछि रहँदै छैटौं स्थानमा रहेको नेपाल विजयी भएमा उल्टै युएईलाई १ अंकले पछि पार्दै पाँचौं स्थानमा उक्लने छ । शीर्ष ५ भित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिने भनिएकाले पनि यो सिरिज निकै महत्वपूर्ण रहेको छ ।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , ज्ञानेन्द्र मल्ल,  कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा र सन्दीप लामिछाने ।

Skip This
Skip This
Logo